सुर्खेत। कर्णालीमा सुनचाँदीको माग बढी भए पनि आयात न्यून रहेको छ । कर्णाली सुनचाँदी रत्न तथा आभूषण संघको प्रथम वार्षिक साधारणसभामा कर्णालीमा मागअनुसार सुनचाँदी आयातमा समस्या हुने गरेको बताएका हुन् ।
कर्णालीमा सुनचाँदीको माग मासिक ३ केजी रहेपछि अहिले बार्षिक रूपमा ४ केजी मात्रै आयात हुने गरेको सुनचाँदी रत्न तथा आभूषण संघका कर्णाली प्रदेश अध्यक्ष देवीकृष्ण पाण्डेले बताए । ‘कर्णालीमा सुनचाँदीको माग मासिक ३ केजी रहेको छ । अहिले व्यवसायीले न्यून मात्र सुनचाँदी आयात हुने गरेको छ ।’ उनले भने,‘मासिक ३ केजी सुनचाँदी बजारको माग रहेको छ ।’
सरकारले सुनचाँदी आयातमा कडाइ गरेका कारणले बजारको माग अनुसारको सुनचाँदी पाउन नसकेको सुनचाँदी व्यवसायी संघ सुर्खेतका प्रथम उपाध्यक्ष खनेन्द्रबहादुर विश्वकर्माले बताए । ‘कर्णालीमा बजार माग अनुसार सुनचाँदी पाउन सकेको छैनन् ।’ उनले भने,‘माग अनुसारको आयातका लागि गर्नका लागि पहल थाल्न आवश्यक रहेको छ ।’
कर्णालीमा माग अनुसारको सुनचाँदी आयातका लागि आफूहरूले पहल थालेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका केन्द्रीय सचिव निरबहादुर विश्वकर्माले बताए ।
सरकारले गत वैशाखदेखि दैनिक २० केजीसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० केजीमा झारेकाले बजारमा सुनको अभाव देखिएको र कर्णालीमा बजार माग अनुसार मासिक १ केजी सुन निरन्तर दिनका लागि पहल थाल्ने नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका केन्द्रीय अध्यक्ष सुरेशमान श्रेष्ठले बताए ।
‘सुनचाँदीको कारोबार चलायमान हुने समयमा बजारमा सुनचाँदीको अभाव भएकाले व्यवसायीहरू मारमा रहेको छन् ।’ उनले भने,‘बजारमा सुनचाँदीका गहरगहना बनाउने कच्चा पदार्थ अभाव रहेकाले ग्राहकहरूको मागअनुसार बजारमा सुनचाँदी दिनसक्ने अवस्था भएको छैन ।’
Facebook Comment
Comment