नेपाल टी–२० लिग : विराटनगरको दोस्रो जित, पोखराको पाँचौँ पराजय

नेपालभ्युज

नेपाल टी–२० लिग : विराटनगरको दोस्रो जित, पोखराको पाँचौँ पराजय

काठमाडौं। नेपाल टी–२० लिगमा विराटनगर सुपर किङ्सले दोस्रो जित निकालेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको हो। पोखराको यो लगातार पाँचौँ पराजय हो।

१३६ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । विराटनगरको लागि रोहित पौडेलले अविजित ७१ र गौरान्शु शर्माले ३३ रन जोडे। रोहितले ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। पोखराको लागि अमिर हमजा र जाहिर खानले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले पूरै ओभर खेल्दा ६ विकेट गुमाएर १३५ रन बनायो। पोखराको लागि अमिर हमजाले अविजित ३७ र सुमित महर्जनले २६ रन जोडे। विराटनगरको लागि आन्द्रे म्याकार्थीले ३ तथा शाहब आलम, राज नानन र नन्दन यादवले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved