नेपाल टी–२० लिग : काठमाडौं नाइट्ससँग जनकपुर रोयल्स पराजित

नेपालभ्युज

नेपाल टी–२० लिग : काठमाडौं नाइट्ससँग जनकपुर रोयल्स पराजित

काठमाडौं। काठमाडौं नाइट्सले नेपाल टी–२० लिगमा दोस्रो जित हासिल गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा काठमाडौंले जनकपुर रोयल्सलाई ५३ रनले पराजित गरेको हो।

२०९ रनको उच्च लक्ष्य पछ्याएको जनकपुरले पुरै ओभर खेलेर अलआउट हुँदै १५५ रन बनायो। जनकपुरका लागि समिउल्लाह शिनवारीले २९ रन र सन्दीप जोराले २६ रन बनाए।

काठमाडौंका लागि अजमातुल्लाह उमरजाईले ३, बसिर अहमदले २ तथा सुनम गौतम, अनिल खरेल,अविनाश बोहोरा १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको काठमाडौंले पूरै ओभर खेलेर ६ विकेट क्षतिमा २०८ रन बनाएको थियो। काठमाडौंका लागि एलेक्स ब्लेकले ४३ बलमा ८३ रनको शानदार पारि खेले । यस्तै, विरनदीप सिंहले ३४ बलमा ४९ रन जोडे।

जनकपुरको लागि पवन सर्राफले २ विकेट लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved