काठमाडौं। नेपाली कांग्रेसका सांसदहरूले नयाँ सरकार कांग्रेसकै नेतृत्वमा हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएका छन्।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका सांसदहरूले जनतासँग मत माग्न जाँदा देशको नेतृत्व नेपाली कांग्रेसले नै गर्छ भनेर मत मागेको भन्दै जनतासँगको वाचा पूरा गर्नका लागि आगामी नेतृत्व नेपाली कांग्रेसले नै गर्नुपर्नेमा जोड दिएको बताएका हुन्।
उनीहरूले नेपाली कांग्रेस वर्तमान अवस्थामा देशकै ठूलो राजनीतिक दल भएकाले गठबन्धन भित्र पनि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार निर्माण गर्न जोड दिएको बताएका छन्।
नेपाली कांग्रेसले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्ने भन्ने नरहेको भन्दै यी बाहेकका अन्य उपराष्ट्रपति सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, मुख्यमन्त्रीहरूको पदहरूमा गठबन्धनमा आबद्ध दलहरूसँग भागबण्डा हुनेमा सांसदहरूको जोड छ।
Facebook Comment
Comment