अस्पतालबाट डिस्चार्ज भए माधव नेपाल

नेपालभ्युज

अस्पतालबाट डिस्चार्ज भए माधव नेपाल
फाइल तस्वीर

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम्  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार आएपछि शुक्रबार उनलाई डिस्चार्ज गरिएको हो ।

नेपालको उपचारमा संलग्न डा सन्तकुमार दासका अनुसार उनमा अहिले ज्वरो नरहेको, श्वासप्रश्वास गर्दा अक्सिजन लगाउन नपरेको र खाना राम्रैसँग खाइरहेका छन् ।

उनी निमोनिया भएपछि यही पुस ५ गते अस्पताल भर्ना भएका थिए ।

उनी बिहिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथग्रहण समारोहमा पनि सहभागी भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved