वीरगञ्ज । बारामा अपरिचित समूहले गोली हानेर एक भारतीय नागरिकको हत्या गरेको छ । भारतको बिहार मोतिहारी जिल्लाका ४५ वर्षीय शिवपुजन यादवको गोली लागेर ज्यान गएको हो ।
बाराको महागढीमाई नगरपालिका-२ स्थित एक पसलमा बसिरहेका बेला मोटरसाइकलमा आएका पाँचजनाको समूहले यादवमाथि गोली चलाएको थियो ।
गोली लागेर गम्भीर घाईते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो । गोली हान्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यादव भारतमा विभिन्न अपराधमा संलग्न भएर खोजी सूचीमा रहेका व्यक्ति भएको प्रहरी स्रोतको दाबी छ । उनी बिहीबार भारतबाट आएर बारास्थित आफन्तकोमा बसेका थिए ।
Facebook Comment
Comment