काभा यू-२३ भलिबल प्रतियोगिता : नेपाल र श्रीलङ्का भिड्दै

नेपालभ्युज

काभा यू-२३ भलिबल प्रतियोगिता : नेपाल र श्रीलङ्का भिड्दै

काठमाडौं। काभा यू–२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा शुक्रबार नेपाल र श्रीलङ्का भिड्दै छन् ।

बङ्गलादेशको ढाकामा हुने खेलमा नेपाल र श्रीलङ्का नेपाली समयानुसार दिउँसो पौने ३ बजे आमने-सामने हुनेछन् ।

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा रहेको छ । श्रीलङ्का पनि पहिलो जित निकाल्ने योजनामा रहेको छ ।

बिहीबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ३-० ले पराजित भएको थियो । श्रीलङ्का भने किर्गिजस्तानसँग हारेको थियो ।

प्रतियोगितामा नेपाल, बङ्गलादेश, किर्गिजस्तान र श्रीलङ्काको सहभागिता रहेको छ । शनिवार हुने खेलमा नेपाल र किर्गिजस्तान आमने-सामने हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved