काठमाडौं। नाबालिका जबरजस्ती बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्धको पुनरावेदन मुद्दामा आज बिहीबार पेशी तोकिएको छ।
उच्च अदालत पाटनमा सन्दीपका कानुनव्यवसायीले गत मंसीर २९ गते दर्ता गरेका मुद्दामा आजको लागि पेशी तोकिएको हो।
पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ताको कागज बोकेर कानुन व्यवसायी उच्च अदालत गएका हुन्। उच्चअदालतमा दिएको निवेदनमा किशोरीको उमेर १८ वर्ष माथि रहेको दाबी गरिएको छ।
साथै जबरजस्ती करणी वा सहमतिमै भए पनि केही नगरिएको जिकिर गरिएको छ। त्यही जन्म दर्ताको प्रमाणले सन्दीपलाई जेलमुक्त पार्न सक्ने सन्दीपका कानुन व्यवसायीको आशा छ।
उनको मुद्दा हेरिरहेका कानुन व्यवसायीहरू भने सन्दीपले जेलमुक्त, भएर मुद्दा लड्नु पाउनुपर्ने माग राखेका छन्। बिहीबारकै पेशीमा सन्दीप संभवत धरौटीमा छुट्न सक्ने वा जिल्ला अदालतकै आदेश सदर गरेर जेलमै रहने भन्ने आदेश टुङ्गो लाग्न सक्छ।
तर उनी धरौटीमा छुट्न सक्ने सन्दीपका कनुनव्यवसायीको बढी आंकलन गरेका छन्। राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीपविरुद्ध गत २१ भदौमा उजुरी परेको थियो।
काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती सन्दीपकी ‘फ्यान’ थिइन्। सन्दीप ६ भदौमा टी–२० सिरिज खेल्न केन्या गएका थिए।
त्यसको अघिल्लो दिन उनले पीडित भनिएकी किशोरीलाई पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुई पटक बलात्कार गरेको आरोप छ।
पछि सन्दीप असोजमा नेपाल आएपछि पक्राउ परेका थिए। उनी पुर्पक्षका लागि जेल चलान भएका छन्।
Facebook Comment
Comment