एजेन्सी । हिजोआज मानिसमा सुविधाका कारण हातखुट्टा धेरै नचलाउने लत बसिसकेको छ । यही लत नै मानिस धेरै बिरामी पर्नुको मुख्य कारण बनेको छ ।
त्यसैले विज्ञले निरन्तर यही सल्लाह दिइरहेका छन् की दिनमा कम्तीमा २० मिनेट भए पनि व्यायाम गर्न जरुरी छ । किन व्यायाम आवस्यक छ ? जान्नुहोस ।
रोग प्रतिरोधात्मक क्षमता विकास गर्न
कोही व्यक्तिलाई रुघाखोकी तथा संक्रमणले छिटै समातीहाल्छ भने उसमा रोगप्रतिरोधक क्षमता एकदमै कमजोर छ भन्ने देखाउँछ । यस्तो अवस्थामा खेल्नु वा व्यायामले यस्तो क्षमतालाई बढाउन मद्दत पुग्छ ।
धेरै अनुसन्धानहरुले पनि यो बताउँछ कि जो व्यक्ति बिहानबेलुका मात्र आधा घण्टा कुनै पनि खालको व्यायाम वा वर्कआउट गर्छ भने उनीहरुलाई साधारण खालका इन्फेक्शनले छिटै समात्न सक्दैन ।
यस्ता व्यक्तिहरुको रोगप्रतिरोधक क्षमता अन्य सिथिल व्यक्तिको तुलनामा दुईगुणा ज्यादा हुन्छ ।
हरेकको लागि आवश्यक व्यायाम
क्रियाशील रहेर इम्युनिटीलाई बढाउँदाको लाभ हरेक स्त्री, पुरुष, बच्चा, बुढा तथा घरपालुवा जनावरलाई समेत हुन्छ । त्यसैले दौडनु तथा हिँड्नु स्वास्थ्यको लागि एकदमै राम्रो मानिन्छ । यसले रक्तसञ्चार राम्रो बनाउनुको साथै शरीर र दिमाग दुवैको बीचमा सन्तुलन बनाइराख्न मद्दत गर्छ ।
तर यही व्यायाम सन्तुलन मिलाएर गरिएन् वा शरीरले थेग्ने भन्दा ज्यादा गरियो भने हानिकारक पनि हुन सक्छ । त्यसैले शरीरले बाधा नमान्ने गरी आवश्यक व्यायाम गर्नु नै स्वास्थ्यका लागि एकदमै लाभदायक छ ।
शरीरलाई सक्रिय राख्दाका सकारात्मक असर
व्यायाम तथा खेल जस्ता शरीरलाई चलायमान राख्ने कृयाकलापले फोक्सो तथा स्वासप्रस्वासबाट खराब ब्याक्टेरियालाई फाल्दै जान्छ । व्यायामले शरीरको रोगप्रतिरोधक क्षमतामा वृद्धि गर्दै लैजान्छ साथै रोगसँग लड्ने क्षमता प्रदान गर्छ ।
व्यायाम गरिरहेका बेला तथा त्यसपछि शरीरमा उत्पन्न भएको तापक्रमले शरीरमा आउने खराब व्याक्टेरियालाई फैलन दिँदैन । व्यायामले शरीरमा उत्पन्न हुने स्ट्रेससम्बन्धी हर्मोन्सहरुको क्रियाकलापलाई सुस्त गराइदिन्छ ।
त्यसैले सही तरिकाले गरेको व्यायामपछि मन खुशी हुन्छ र शरीरमा स्फूर्ति पैदा हुन्छ । आजैदेखि व्यायाम सुरु गरी शरीर र दिमागलाई स्वस्थ बनाउनतिर लाग्नुहोस् ।
Facebook Comment
Comment