पहिलो हाफामा क्रोएसियालाई अग्रता

नेपालभ्युज

पहिलो हाफामा क्रोएसियालाई अग्रता

काठमाडौं। विश्वकप फुटबलमा मोरक्कोविरुद्धको पहिलो हाफमा क्रोएसियाले अग्रता लिएको छ।

कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफमा क्रोएसियाले १ गोलले अग्रता लिएको हो। पहिलो हाफ २–१ गोलअन्तरमा सकिएको हो ।

क्रोएसियाको लागि जोस्को ग्वार्डियोल र मिस्लाभ ओर्सिकले गोल गरे। मोरक्कोको लागि अचरफ दारीले गोल फर्काए ।

खेलको सातौं मिनेटमा ग्वार्डियोलले हेडर गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए। ९ मिनेटमा नै दारीले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए । यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो ।

ओर्सिकले ४२ औं मिनेटमा गोल गर्दै क्रोएसियालाई पुन: अग्रता दिलाए ।

क्रोएसिया र मोरक्को तेस्रो स्थानको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved