पोर्चुगल आउट, रोनाल्डो आउट !

नेपालभ्युज

पोर्चुगल आउट, रोनाल्डो आउट !

काठमाडौं। कतारमा चलिरहेको विश्वकप फुटबल प्रतियोगितामा मोरक्कोसँग अनपेक्षित हार बेहोरपछि पोर्चुगल विश्वकप फुटबलबाट बाहिरिएको छ । नकआउटमा स्विट्जरल्याण्डलाई ६ गोल हानेको पोर्चुगलले मोरक्कोसँग हार्दै बाहिरिए  भनेर कमैले सोचेका थिए । शनिबार राति विश्वकपबाट पोर्चुगल  बाहिरिएपनि चर्चा भने क्रिष्टियानो रोनाल्डोको धेरै भइरहेको छ । चर्चा किन छ भने, एउटा विश्वस्टार फुटबलरले रुँदै बाहिरिनुपरेको छ ।

मूख्य प्रशिक्षकसँगको विवाद, सहकर्मीसँगको विवाद अनि मूख्य खेलमा अधिकांश समय बेन्चमा । रोनाल्डोलाई कुनै पक्षबाट पनि साथ मिलिरहेको थिएन । यस्तै कारणले गर्दा उनि असन्तोष देखिन्थे । तर शनिबार राती त बर्बरी आसु झार्दै मैदानबाट बाहिरिनुपर्यो ।

रोनाल्डो खेल सकिएलगत्तै गहभरी आँशु लिएर ड्रेसिङ रुमतर्फ लागेका थिए । सन् २००६ देखि अहिलेसम्म पाँच पटक विश्वकप खेलेको र पाँचै वटा विश्वकपमा गोल गरेर कीर्तिमान कायम गरेका रोनाल्डोलाई अझै धेरै कीर्तिमानी कायम गर्नु थियो। र विश्वकपको उपाधि जिताएर सुखद विदाइ हुनुथियो । तर समय रोनाल्डोको पक्षमा रहेन । ठिक उल्टो रुँदै मैदानबाट बाहिरिनुपर्‍यो ।

खेल सकिएर रोनाल्डो बाहिरिँदै गर्दा उद्घोषकले भनिरहेका थिए, “पोर्चुगल आउट, रोनाल्डो आउट ! “


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved