विश्वकपको क्वार्टरफाइनल आजदेखि, ब्राजिल क्रोएसियासँग र अर्जेन्टिना नेदरल्याण्ड्सँग खेल्दै

पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाको खेल बेलुका पौने ९ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ । यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार राती पौने १ बजे लुसाइल स्टेडियममा हुनेछ ।

नेपालभ्युज

विश्वकपको क्वार्टरफाइनल आजदेखि, ब्राजिल क्रोएसियासँग र अर्जेन्टिना नेदरल्याण्ड्सँग खेल्दै

काठमाडौं। कतारमा चलिरहेको  फिफा विश्वकप फुटबलमा आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाले खेल्दैछन् । यो खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ ।

नकआउट चरणमा ब्राजिलले दक्षिण कोरियालाई हराएको थियो । यस्तै साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।

यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सले खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राती पौने १ बजे लुसाइल स्टेडियममा हुनेछ । नकआउट चरणमा अर्जेन्टिनाले अष्ट्रेलियालाई र नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved