जर्मनीमा सत्ता कब्जाको प्रयास गर्ने २५ जना पक्राउ

नेपालभ्युज

जर्मनीमा सत्ता कब्जाको प्रयास गर्ने २५ जना पक्राउ

जर्मनी। जर्मनीमा सत्ता कब्जा गर्ने षड्यन्त्र गरेको आरोपमा २५ जना पक्राउ परेका छन् । उग्र दक्षिणपन्थी तथा पूर्वसैन्य अधिकारीहरूको समूह राइक्सबर्गरले संसद् भवन राइक्सटागमा घुस्ने र शक्ति हत्याउने योजना बनाएको आरोपमा जर्मन प्रहरीले २५ जनालाई पक्राउ गरेको बीबीसीले जनाएको छ । पक्राउ गर्नका लागि देशभरि तीन हजार प्रहरी परिचालन गरी एक सय ३० जना भन्दा धेरै ठाउँमा छापा मारिएको थियो ।

प्रहरीले ७१ वर्षका जर्मन पुरुषलाई षड्यन्त्रको मुख्य योजनाकार भनेको छ । राइक्सबर्गर समूह हिंसात्मक आक्रमण तथा जातियतावादी षडयन्त्रका हल्ला फैलाउने विषयलाई लिएर लामो समयदेखि जर्मन प्रहरीको निगरानीमा थियो । त्यो समूहले आधुनिक जर्मन राज्यलाई समेत अस्वीकार गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved