विश्व क्रिकेट लिग–२ : नामिबियाले दियो नेपाललाई २७६ रनको लक्ष्य

नेपालभ्युज

विश्व क्रिकेट लिग–२ : नामिबियाले दियो नेपाललाई २७६ रनको लक्ष्य

काठमाडौं। विश्व क्रिकेट लिग–२ क्रिकेटमा नामिबियाले नेपाललाई २७६ रनको लक्ष्य दिएको छ। यूनाईटेड क्रिकेट क्लब मैदानमा बुधबार भएको खेलमा नामिबियाले पुरै ओभर खेलेर ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो।

नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले सतक बनाए । उनले १११ बलमा १५ चौका र १ छक्का हान्दै ११९ रनको पारि खेले । यस्तै कप्तान जेर्हार्ड इरास्मसले ५३ रन बनाए।

नेपालका लागि ललित राजवंशीले ४, सोमपाल कामीले २ र सागर ढकालले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved