बैतडी। बैतडीमा जिप दुर्घटनामा परेर ४ जना घाइते भएका छन्। बुधबार बिहान सुर्नया-६ दुदिलाखान नजिकै जिप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका हुन्।
घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका ५ का जिप चालक २० वर्षीय धनबहादुर गुरधामी, बझाङकै बुंगल नगरपालिका वडा नं ९ का ४५ वर्षीय नरपती पातली,७० वर्षीया काली पातली र नरमा पातली रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए ।
बुधबार बिहान बझाङबाट डडेल्धुरा जाँदै गरेको से.१च १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने सूर्नया–६ दुदिलाखान नजिकै दुर्घटना परेको हो । जिप सडकबाट करिब सय मिटर तल खसेको हो ।
प्रहरीका अनुसार बुंगल नगरपालिका वडा नं ९ की ४५ वर्षीय नरपती पातली र ७० वर्षीया काली पातलीको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरी प्रवक्ता जोशीले बताए ।
Facebook Comment
Comment