भुवन केसीलाई बोर्ड अध्यक्षको हैसियतमा काम गर्न बाटो खुला

नेपालभ्युज

भुवन केसीलाई बोर्ड अध्यक्षको हैसियतमा काम गर्न बाटो खुला

काठमाडौं। भुवन केसीले चलचित्र विकास बोर्डका अध्यक्षको हैसियतमा अब निर्धक्क कामकाज गर्न पाउने भएका छन् ।

उनको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले साउन ३० मा उनलाई विकास बोर्डको अध्यक्षको हैसियतमा कामकाज गर्न नदिन अल्पकालीन अन्तरिम आदेश दिन माग गरिएको थियो ।

त्यसपछि लामो समय सुनुवाइ रोकिएको यो रिटमा सोमबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म काम गर्न रोक नलगाउन आदेश दिएको हो ।

यो आदेशसँगै केसीले विकास बोर्डको अध्यक्षको हैसियतमा काम गर्न तत्काललाई बाटो खुलेको केसीको तर्फबाट बहस गरेका कानुन व्यवसायी परशुराम कोइरालाले बताए ।

सर्वोच्चले यो मुद्दालाई पूर्ण सुनुवाइमा पठाउने आदेश पनि दिएको छ । विकास बोर्डको अध्यक्षका लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्था भए पनि केसी स्नातक उत्तीर्ण नभएको भन्दै नरेशकुमार पौड्यालसहित ५ जनाले रिट दिएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved