ब्राजिलसँग क्वार्टरफाइनल खेल्ने क्रोएसिया कति बलियो ?

नेपालभ्युज

ब्राजिलसँग क्वार्टरफाइनल खेल्ने क्रोएसिया कति बलियो ?

काठमाडौं। अन्तिम १६ मा उत्कृष्ट नतिजा निकालेर ब्राजिल र क्रोएसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् । क्रोएसियालाले जापानलाई पेनाल्टी सुटआउटमा हरायो । जापानका ३ वटा पेनाल्टी क्रोएसियाका गोल किपर लिभाकोभिचले रोके । यस्तै ब्राजिलले पनि दक्षिण कोरियालाई ४-१ गोलले हराएर क्वार्टरफाइनलमा पुग्यो । समूह चरणमा उरुग्वे र पोर्गुगललाई हराएको दक्षिण कोरिया ब्राजिलसँग निरिह बन्न पुग्यो ।

अब क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसिया खेल्दैछन् । विहीबार राती पौने १ बजे यी दुई देशबीचको खेल हुनेछ । हेड टु हेड हेर्दा क्रोएसिया भन्दा ब्राजिल धेरै बलियो देखिएको छ । यी दुईदेशबीच ४ खेल भएकोमा अहिलेसम्म  ३ खेल ब्राजिलले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । सन् २००५ मा भएको मैत्रिपूर्ण खेल १-१ को  बराबरीमा सकिएको थियो ।

सन् २००६ मा भएको विश्वकपमा ब्राजिलले क्रोएसियालाई १-० गोलले हरायो भने सन् २०१४ को विश्वकपमा पनि ३-१ गोलले विजयी भयो । सन् २०१८ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा पनि ब्राजिल २ गोलले विजयी भएको थियो  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved