विश्वकप फुटबलमा आज फ्रान्स र पोल्याण्ड तथा इंग्ल्याण्ड र सेनेगल खेल्दै

नेपालभ्युज

विश्वकप फुटबलमा आज फ्रान्स र पोल्याण्ड तथा इंग्ल्याण्ड र सेनेगल खेल्दै

काठमाडौं। विश्वकप फुटबलको नकआउट चरणमा आज आइतबार पनि २ वटा खेल हुँदैछन् । कतारको अल थुमा मैदानमा राती पौने ९ बजे साविक विजेता फ्रान्स र पोल्यान्ड  खेल्दैछन् ।

यस्तै, दोस्रो खेलमा राती पौने १ बजे खेल अल बयात स्टेडियममा इङ्ल्यान्ड र सेगेनलबीच खेल हुनेछ ।

फ्रान्स समूह ‘डी’ को विजेता र पोल्यान्ड समूह ‘सी’ को उपविजेता बन्दै अन्तिम १६ अर्थात् नकआउट चरण पुगेको हो । इङ्ल्यान्ड समूह ‘बी’ को विजेता र सेनेगल समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

यसअघि गएराति भएको खेलमा विजयी भएका अर्जेन्टिना र नेदरल्यान्ड्स क्वाटर फाइनलमा प्रवेश गरिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved