अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टरफाइनलमा, अष्ट्रेलिया बाहिरियो

नेपालभ्युज

अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टरफाइनलमा, अष्ट्रेलिया बाहिरियो

काठमाडौं। अर्जेन्टिना फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कतारमा आइतबार बिहान सकिएको खेलमा अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो।

अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक\एक गोल गरे। अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पायो।

खेलको ३५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ५७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए। ७७ औं मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपनि अर्जेन्टिना २-१ ले विजयी भयो।

अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ।अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved