सत्ता समीकरणबारे छलफल गर्दै माओवादी केन्द्र

नेपालभ्युज

सत्ता समीकरणबारे छलफल गर्दै माओवादी केन्द्र

काठमाडौं। निर्वाचनको समीक्षा र सम्भावित सत्ता समीकरणबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाइएको छ ।

बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेलाई बोलाइएको छ ।

आजको बैठकमा मंसिर ४ मा सम्पन्न निर्वाचनको समीक्षा हुनेछ । माओवादीले प्रत्यक्षतर्फ पाएको मत तथा समानुपातिक मतबारे समीक्षा हुने बताइएको छ ।

त्यस्तै, पार्टीका उपमहासचिव वर्षमान पुनको चीन भ्रमण र चीनमा गर्ने भेटवार्ताका विषयमा पनि पदाधिकारीबीच छलफल हुनेछ ।

बैठकमा आगामी सत्ता समीकरण, सरकारमा जाँदा नेकपा माओवादी केन्द्रको भूमिका, सत्ता समीकरणमा अनुपात लगायतका विषयमा पनि छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved