काठमाडौं। विश्वकप क्रिकेट लिग टुको त्रिकोणात्मक सिरिजको नेपाल र नामिबियाबीचको एकदिवसीय खेल नतिजा विहीन भएको छ।
युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार नेपाल र नामिबियाबीच सुरु भएको खेल वर्षाको कारण प्रभावित हुँदा नतिजा विहीन भएको हो।
यससँगै दुवै टोलीले १–१ अङ्क प्राप्त गरेका छन्। नेपालले दिएको १९८ रनको लक्ष्यमा नामिबियाले जवाफी ब्याटिङ सुरु गर्दा वर्षाको कारण खेल रोकिएको थियो।
नामिबियाले खेल रोकिनु अगाडि ४ बलमा ४ रन जोड्न सफल भएको थियो। पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा १९७ रनमा अल आउट भयो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ७५ रनको उत्कृष्ट पारि खेले । मल्लको यो व्यक्तिगत छैठौँ अर्धशतक हो। आरिफ शेख २३ आसिफ सेख २०, अर्जुन साउद र गुल्सन झा १८ तथा कुशल भूर्तेल १३ रनमा आउट भए ।नामिबियाका लागि टांगेनी लुंगामेनीले ३ र कार्ल बिर्केनस्टोकले २ विकेट लिए। सिरिजमा १८ खेल खेलेको नेपाल १८ अङ्क सहित छैंटौँ स्थानमा छ ।
२८ खेलबाट ३३ अङ्क जोडेको नामिबिया भने चौथो स्थानमा छ। सिरिजको अर्को खेलमा आइतबार नेपाल र स्कट्ल्याण्ड भिड्ने छन्।
Facebook Comment
Comment