ठुला सीसीका कार र मोटरसाईल आयात नखुलाएको भन्दै नाडा आन्दोलनमा

अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडा) ले सरकार र नेपाल राष्ट्र बैंकको विरुद्धमा आन्दोलन सुरु गरेको छ। ८ महिनादेखि पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी आयात बन्द गरेको विरोधमा आन्दोलन थालिएको हो।

नेपालभ्युज

ठुला सीसीका कार र मोटरसाईल आयात नखुलाएको भन्दै नाडा आन्दोलनमा

काठमाडौं। अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडा) ले सरकार र नेपाल राष्ट्र बैंकको विरुद्धमा आन्दोलन सुरु गरेको छ। ८ महिनादेखि पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी आयात बन्द गरेको विरोधमा आन्दोलन थालिएको हो।
आयात बन्द हुँदा अटो व्यवसायीहरू आफ्नो व्यापार नै बन्द गर्नु पर्ने अवस्था आएको भन्दै आन्दोलनमा उत्रिएका हुन्। नाडाले विभिन्न १० बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

यी हुन् आन्दोलनका कार्यक्रमहरू

१. नाडाद्वारा तय गरिएका नाराहरू सबै व्यवसायीले फेसबुक, इन्स्टाग्राम र टुइटरमा प्रोफाइल पिक्चर बनाउने ।

२. नाराहरू सबै व्यवसायीले चढ्ने गाडीमा अगाडी पछाडि टाँसेर हिँड्ने ।

३. नाराहरूलाई ब्यानर बनाएर आफ्नो स्वरुममा टाँस्ने ।

४. विरोध कार्यक्रममा सहभागी हुन नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध वस्तुगत सङ्गठन र जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरू, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलाई समेत औपचारिक पत्रमार्फत सहयोग माग्ने ।

५. २०७९÷०८÷२२ गते बिहीबारका दिन सम्पूर्ण व्यवसायी साथीहरू कालो पहिरन लगाइ, प्लेकार्ड बोकी बिहानको ११ बजे देखि २ बजेसम्म काठमाण्डौको माइतीघर मण्डलामा धर्ना दिने र साथै सातै प्रदेशमा एकै पटक धर्ना कार्यक्रममा बस्ने ।

६. सोही दिन हाम्रा औपचारिक नाराहरू काठमाडौं लगायत हाम्रा सातै प्रदेशमा रहेका सङ्गठन मार्फत सार्वजनिक गर्ने र नेपाल भरका सम्पूर्ण सदस्यहरूलाई एकै पटक परिचालन गर्ने।

७. मंसिर २२ गतेसम्म पनि मागको सम्बोधन नभएमा पहिलो चरणको कार्यक्रम २२ गते समापन गरी दोस्रो चरणको आन्दोलनको कार्यक्रम पुनः सार्वजनिक गर्ने ।

यस्ता छन् नाडाले राखेका १० बुँदे माग

१. विगत ८ महिना देखि निजी प्रयोजनका कार, जिप भ्यान तथा १५० सीसी माथिका दुई पाङ्ग्रे सवारी साधनहरूको आयातमा लागेको प्रतिबन्ध तत्काल खोल्नु पर्ने ।

२. नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पुँजी कर्जा मार्गदर्शन, २०७९ तत्कालका लागि स्थगित गर्दै अनुकूल समयमा आवश्यक परिमार्जन सहित व्यवसायीहरूको सल्लाहमा लागु गरिनु पर्ने ।

३. शतप्रतिशत नगद मार्जिन र पचास प्रतिशत नगद मार्जिन राखेर प्रतीत पत्र खोल्नु पर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनु पर्ने ।

४. नेपालको वित्तीय निकायहरूले यही २०७९ साल कार्तिक १ गते देखि लागु हुने गरी कर्जा प्रवाहमा व्याज बढाउने निर्णय गरेको छ । यसले नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र उद्योग व्यवसाय नै गम्भीर रूपले प्रभावित भएको कारण व्यवसायीहरूले व्याज नै तिर्न नसक्ने अवस्था आउने देखिएको छ । हालको व्याज तथा प्रिमियम दर लाई तत्कालै नियन्त्रणमा राख्नको लागि आवश्यक व्यवस्था गर्नु पर्ने ।

५. अटोलोन  हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात् ७५ प्रतिशत नै कायम गरिनु पर्ने ।

६. बैङ्कहरूको तरलता अभावलाई सहज बनाउन CD Ratio लाई पुनरावलोकन गर्नु पर्ने ।

७. बैङ्कहरूबाट सवारी साधनको  Hire Purchase Loan Hire Purchase Loan स्वीकृत भए पश्चात जारी गरिने Delivery Order (DO) बापतको भुक्तानी समयावधि सवारी साधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनु पर्ने ।

८. त्यस्तै बैकहरूबाट निजी सवारी साधनको Hire Purchase Loan प्रवाह गर्ने प्रकियामा Loan to Value Ratio को हालको सीमा पचास प्रतिशतबाट वृद्धि गरी सत्तरी प्रतिशत कायम गर्नु पर्ने ।

९. पूर्नकर्जा नवीकरण गर्ने म्याद एक वर्षको लागि थप गरिनु पर्ने।

१०. कोभिड तथा आयात प्रतिबन्धका कारण लामो समय देखि थला परेको अटोमोवाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनु पर्ने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved