निःशुल्क लोकसेवासम्बन्धी आईक्यू तयारी कक्षा सञ्चालन गर्दै किरात राई कर्मचारी मञ्च

नेपालभ्युज

निःशुल्क लोकसेवासम्बन्धी आईक्यू तयारी कक्षा सञ्चालन गर्दै किरात राई कर्मचारी मञ्च

काठमाडौं । किरात राई कर्मचारी मञ्चले शाखा अधिकृत वा सोसरहको निःशुल्क लोकसेवासम्बन्धी आईक्यू तयारी कक्षा सञ्चालन गर्ने भएको छ । किरात राई यायोख्या, केन्द्रीय कार्यालयको मुख्यालय काठमाडौं कोटेश्वरस्थित सुम्निमा हलमा सञ्चालन हुने कक्षामा आईक्यूको अतिरिक्त अंग्रेजी र सामान्य ज्ञानबारे पनि प्रशिक्षण हुनेछ ।

नेपाल सरकारका उपसचिवसमेत तयारी कक्षा सञ्चालनका संयोजक योग्यप्रसाद राईकाअनुसार कम्तीमा ४० वटा कक्षा भौतिकरूपमै सञ्चालन हुनेछन् भने प्रत्येक शनिवार प्रश्नपत्रको लिखित परीक्षा सञ्चालन हुनेछ ।

त्यस्तै सहभागीहरूको उत्तरपुस्तिका जाँच गरी पृष्ठपोषण प्रदान गरिने पनि संयोजक राईले बताए । कक्षा मंसिर १८ गतेबाट सञ्चालन हुनेछ । अपराह्न साढे ४ बजेबाट सुरू हुने कक्षा साँझ ६ बजेसम्म हुने कक्षालाई दक्ष, अनुभवी र ख्यातीप्राप्त प्रशिक्षकबाट कक्षा लिन पाइने आयोजकले जनाएको छ ।

अहिलेसम्म ७० भन्दा बढी किरात विद्यार्थीहरूले आवेदन दिएका छन् । आयोजकले अनलाइनमार्फत पनि फाराम भर्न सकिने जनाएको छ ।

मञ्चले यसअघि पनि तयारी कक्षा सञ्चालन गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved