काठमाडौं । फिफा विश्व कप फुटबलमा आज समूह चरणका अन्तिम खेल हुँदैछन् । आज समूह ‘एच’ र ‘जी’ का चार वटा खेल हुनेछन् । समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच खेल हुनेछ ।
यी दुई खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछन् । दुवै समूहबाट पोर्चुगल र ब्राजिल नकआउट चरणमा पुगिसकेकाले आज कम दबाबमा हुनेछन् ।
समूह एचबाट पोर्चुगल अन्तिम १६ मा पुगिसकेको छ । अरु तीन टोली दक्षिण कोरिया, घाना र उरुग्वेको नकआउट चरणमा पुग्ने सम्भावना उत्तिकै छ । यस्तै समूह ‘जी’ मा सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच खेल हुँदैछ ।
यो समूहको दुई खेल राति पौने १ बजे सुरु हुनेछ । समूह ‘जी’ बाट ब्राजिल नकआउट चरणमा पुगिसकेको छ । स्विट्जरल्यान्ड, क्यामरुन र सर्बियाको नकआउट चरणमा पुग्ने सम्भावना कायम छ ।
Facebook Comment
Comment