विश्वकप फुटबल: चार पटकको विश्व विजेता जर्मनी समूह चरणबाटै बाहिरियो

नेपालभ्युज

विश्वकप फुटबल: चार पटकको विश्व विजेता जर्मनी समूह चरणबाटै बाहिरियो

काठमाडौं । जर्मनी फिफा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको छ । अल बायत स्टेडियममा समूह चरणको अन्तिम खेलमा कोस्टारिकालाई ४-२ गोल अन्तरले पराजित गरेपनि जर्मनी नकआउट चरणमै नपुगि बाहिरिन बाध्य भयो ।

अर्को खेलमा जापानले स्पेनलाई हराउँदा जर्मनी घर फर्कन बाध्य भयो । जापान ६ अंकसहित शीर्ष स्थानमा रहँदा स्पेनसँग समान ४ अंक रहेको जर्मनी गोल अन्तरका आधारमा पछि परेर अघिल्लो चरणमा जान पाएन ।

खेलको १० औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ५८ औं मिनेटमा येल्त्सिन तेजेडाले गोल गर्दै कोस्टारिकालाई १-१ गोलको बराबरीमा ल्याए । ७० औं मिनेटमा जुआन पाब्लो भेर्गासले गोल गर्दै कोस्टारिकालाई २-१ को अग्रता दिलाए । खेलको ७३ औं मिनेटमा काइ हार्भट्जले गोल गर्दै जर्मनीलाई २-२ को बराबरीमा ल्याए । खेलको ८५ औं मिनेटमा हार्भट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३-२ को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा निकलस फुल्करुगले गोल गर्दै जर्मनीलाई ४-२ को जित दिलाए ।   जितका बाबजुत समूह ‘ई’ मा जर्मनी तेस्रो स्थानमा रह्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved