फिफा विश्वकप फुटबल : आज चार खेलहरू हुँदै

नेपालभ्युज

फिफा विश्वकप फुटबल : आज चार खेलहरू हुँदै

काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत बिहीबार आज चार खेलहरू हुँदैछन्। जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई खेलहरू हुनेछन्।

पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछन्। यो खेलहरूबाट समूह ‘एफ’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ।

दोस्रो दुई खेलमा समूह ‘ई’ मा रहेका जापान र स्पेन तथा क्रोस्टारिका र जर्मनीबीच खेल हुँदैछ। दुवै खेल नेपाली समयअनुसार राति १२:४५ बजेदेखि सुरु हुनेछ। यस खेलहरूबाट समूह ‘ई’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved