चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

उनको नेतृत्वमा नै चीनको अर्थव्यवस्था बलियो भयो र कम्युनिस्टले सत्तामा पकड बनाएर विश्व शक्तिको सूचीमा आफ्नो स्थान बनाए ।

नेपालभ्युज

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

काठमाडौं। चीनका पूर्वराष्ट्रपति तथा एक असल नेता जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ ।  चीनको सरकारी मिडियाका अनुसार उनी ल्यूकेमिया (ब्लड क्यान्सर) द्वारा पीडित थिए । यसका कारण उनको शरीरका थुप्रै अंगले काम गर्न बन्द गरेको थियो । त्यही रोगका कारण उनको बुधबार निधन भएको हो ।

जियाङ जेमिनलाई सन् १९८९ को तियानमेन स्क्वायरको विरोधपछि चीनको नेतृत्वका लागि छानिएको थियो । एनवाईटीको रिपोर्ट अनुसार सन् १९९३ मा सत्ता हासिल गरेपछि उनी करिब एक दशकसम्म चीनको सत्तामा रहे ।

जियाङको निधन यस्तो समय भएको हो जब कोभिड प्रतिबन्धका कारण चीनका विभिन्न शहरमा भारी विरोध प्रदर्शन चलिरहेको छ । जियाङको शासनकालमा तियानमेन स्क्वायर विरोधपछि चीनमा कुनै ठूलो प्रदर्शन भएको छैन ।

जियाङलाई सधैं एक मेहनेती नेताको रूपमा हेरियो । उनले विस्तारै चीनको कम्युनिस्ट पार्टीमा सफलता हासिल गरे । उनको नेतृत्वमा नै चीनको अर्थव्यवस्था बलियो भयो र कम्युनिस्टले सत्तामा पकड बनाएर विश्व शक्तिको सूचीमा आफ्नो स्थान बनाए ।

जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति बनेका थिए । उनी सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव बनेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved