सुर्खेतमा बम विस्फोट हुँदा घाँस काट्न गएका दिदीभाइ घाइते

नेपालभ्युज

सुर्खेतमा बम विस्फोट हुँदा घाँस काट्न गएका दिदीभाइ घाइते

सुर्खेत। सुर्खेतको एक स्थानीय वनमा बम विस्फोट हुँदा घाँस काट्न गएका दिदीबहिनी घाइते भएका छन्। वीरेन्द्रनगरस्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान बम बिस्फोट भएको हो।

बिस्फोटमा २१ वर्षीय लिला नेपाली र उनका भाइ वर्ष १४ का नरेश परियार घाइते भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए। उक्त विस्फोटक पदार्थ माओवादी सशस्त्र विद्रोहको बेला राखिएको हुनसक्ने अनुमान गरिएको सीडीओ रिजालले बताए।

घाइतेको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको जानकारी उनले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved