प्रचण्डको प्रण- गाउँ-गाउँ पुगेको सिंहदरबार उल्ट्याउन दिइने छैन

'दलहरूले गम्भीर समीक्षा गर्नेबेला भयो'

‘म कसैलाई दोष लगाउँदिनँ । तर, ठूला दल र एजेन्डामा रहेर चल्ने दल र नेताहरूका लागि यो चुनौती हो । अझ विस्तृत शान्ति सम्झौतामार्फत युगीन शान्ति ल्याउने र जनताका लागि लड्नेहरूका लागि झन् ठूलो चुनौती हो ।’

नेपालभ्युज

प्रचण्डको प्रण- गाउँ-गाउँ पुगेको सिंहदरबार उल्ट्याउन दिइने छैन

गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटकको निर्वाचनले ठूला-ठूला परिवर्तन गरेका दलहरूप्रति चुनौती बढाएकाे बताएका छन् ।

गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यकोरूपमा प्रमाणपत्र ग्रहण गरेपछि कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘झन्डै ७५ वर्षसम्मको लगातारको सङ्घर्षपछि प्राप्त लोकतान्त्रिक अधिकारहरू खोस्ने कुनै पनि चेष्टालाई सफल हुन दिइने छैन,’ प्रचण्डले भने, ‘गाउँ-गाउँमा पुगेको सिंहदरबारलाई उल्टयाउ खोज्ने कुनै पनि चेष्टालाई सफल हुन दिइँदैन ।’ यो निर्वाचनमा मध्यम शक्तिका रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूलाई लक्षित गर्दै उनले भने, ‘यो ठूल्ठूला राजनीतिक परिवर्तन गरेका दलहरूका लागि चुनौती हो ।’

एजेन्डामार्फत नभइ, भावावेशमा जनतालाई भ्रमित पार्ने काम भइरहेको उल्लेख गर्दै उनले भने, ‘म कसैलाई दोष लगाउँदिनँ । तर, ठूला दल र एजेन्डामा रहेर चल्ने दल र नेताहरूका लागि यो चुनौती हो । अझ विस्तृत शान्ति सम्झौतामार्फत युगीन शान्ति ल्याउने र जनताका लागि लड्नेहरूका लागि झन् ठूलो चुनौती हो ।’

यस्तै उनले माओवादी केन्द्रले अपेक्षा गरेकाभन्दा कम सिट जितेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved