सबैभन्दा बढी कर तिर्नेमा आईएमई सम्मानित

नेपालभ्युज

सबैभन्दा बढी कर तिर्नेमा आईएमई सम्मानित

काठमाडौं । रेमिटेन्स कम्पनीमध्ये आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा आईएमई सम्मानित भएको छ । आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसका अवसरमा वुधबार आयोजित एक विशेष समारोहका बीच आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् ।

सन् २००१ मा स्थापित आईएमईले नेपालको समग्र रेमिटेन्स क्षेत्रलाई संस्थागत तुल्याउन भूमिका निर्वाह गर्दै आइरहेको छ । आइएमईलाई विदेशी मुद्रा बैंकिङ सञ्जाल मार्फत नेपाल भित्र्याउने कार्यको थालनी गरेको मुख्य श्रेय जान्छ । यसैको सम्मान स्वरूप विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मानहरूबाट आइएमई सम्मानित हुँदै आएको छ ।

आईपीओमा जाने तयारी गरिरहेको आइएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा यसभन्दा अघि पनि पटक-पटक सम्मानित हुँदै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved