मतदान सम्पन्न, मतपेटिका संकलन हुनेबित्तिकै मतगणना सुरु हुने

मतपेटिका सङ्कलन हुनेबित्तिकै गणना सुरु गर्ने र तीन दिनभित्र प्रत्यक्षतर्फको सक्ने आयोगको तयारी छ । सदरमुकामबाट टाढा रहेको निर्वाचन क्षेत्रमा नै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जसअनुसार गणना कार्यसमेत सम्बन्धित क्षेत्रमै रहेको निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ।

नेपालभ्युज

मतदान सम्पन्न, मतपेटिका संकलन हुनेबित्तिकै मतगणना सुरु हुने

काठमाडौं। आइतबार (आज) भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मतदान सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो। मतदानमा लाइन बसेका मतदाताले भने पालो पर्खिएर मतदान गर्न सक्नेछन्।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईका अनुसार केही छिटपुट घटना बाहेक देशभरमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।

निर्वाचन आयोगका अनुसार विवाद हुँदा देशभरका १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको थियो। ती स्थानमा भने मतदान केहीपछि सम्म चल्नेछ। ६० प्रतिशत भन्दा बढी मतदान भएका तथ्याक आए पनि अन्तिम तथ्याङ्क आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

मतपेटिका सङ्कलन हुनेबित्तिकै मतगणना सुरु

मतपेटिका सङ्कलन हुनेबित्तिकै गणना सुरु गर्ने र तीन दिनभित्र प्रत्यक्षतर्फको सक्ने आयोगको तयारी छ । सदरमुकामबाट टाढा रहेको निर्वाचन क्षेत्रमा नै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जसअनुसार गणना कार्यसमेत सम्बन्धित क्षेत्रमै रहेको निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ।

निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका बुझिसकेपछि गणनाको तयारी गर्नेछन्। निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिकाबमोजिम सर्वदलीय छलफल गरी कानुनी व्यवस्थाबारे जानकारी गराएर सहमतिमा मतगणना सुरु गर्नेछन्।

मतदानबाट २७५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेछन्। १६५ जना पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। प्रदेश सभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ६१ र समानुपातिकतर्फ ४७ राजनीतिक दल भाग लिँदै छन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दुई हजार १८७ पुरुष र २२५ जना महिला गरी दुई हजार ४१२ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन्। समानुपातिकतर्फ दुई हजार १९९ जना उम्मेदवार छन्। जसमा महिला उम्मेदवारको सङ्ख्या एक हजार दुई सय छ।

प्रदेश सभाअन्तर्गत सात वटै प्रदेशमा तीन हजार २२४ जना प्रत्यक्षतर्फ र तीन हजार ७०८ जना समानुपातिकतर्फ उम्मेदवार छन्। यसरी देशैभरि प्रत्यक्षतर्फ पाँच हजार ६३६ र समानुपातिकतर्फ पाँच हजार ९०७ जना उम्मेदवार चुनावी स्पर्धामा छन्।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मतदान गर्न योग्य छन्। ८८ लाख ४७ हजार ५७९ जना महिला तथा ९१ लाख ४० हजार ८०६ पुरुष र १८५ जना अन्य समूहका मतदाता छन्। मतदानका लागि दस हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र तोकिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved