आज चुनाव, बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म ढुक्कले मतदान गर्न आयोगको अपिल

निर्वाचन अन्तर्गत बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म ढुक्कले मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

नेपालभ्युज

आज चुनाव, बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म ढुक्कले मतदान गर्न आयोगको अपिल

काठमाडौं। प्रतिनिधिभा र प्रदेशसभा निर्वाचन २०७९ आज आइतबार हुँदैछ । निर्वाचन अन्तर्गत बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म ढुक्कले मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

निर्वाचन आयोगले चुनावको सबै तयारी पूरा भएको पनि जनाएको छ ।  आयोगमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा चुनाव सम्पन्न गराउन आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन् ।

देशभर १० हजार ८९२ मतदानस्थल र २२ हजार २२७ मतदान केन्द्र रहेका छन् । चुनावमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको आयोगको तथ्यांक छ । प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० सिटका लागि प्रत्यक्षतर्फको चुनाव हुँदैछ ।

त्यस्तै, प्रतिनिधि सभाका ११० सिट र प्रदेशमा प्रत्येक प्रदेशका लागि त्यो प्रदेशसभाको कुल आकारको ४० प्रतिशत सिटका लागि समानुपातिक चुनाव हुँदैछ ।  चुनावको लागि २ लाख ४६ हजार ९ सय ६० कर्मचारी खटिएका छन् । यस्तै नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी झण्डै ३ लाख सुरक्षाकर्मी खटिएका गृह मन्त्रालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved