५ देशका नेतालाई भेट्दै अमेरिकी उपराष्ट्रपति कमला

नेपालभ्युज

५ देशका नेतालाई भेट्दै अमेरिकी उपराष्ट्रपति कमला

काठमाडौं। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले शुक्रबार जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडाका नेताहरूसँग आकस्मिक वार्ता गर्ने एक अमेरिकी अधिकारीले जानकारी दिएका छन् । उत्तर कोरियाले एक संदिग्ध अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि  उनले आकस्मिक वार्ता गर्न लागेकी हुन्।

बैंककमा एशिया–प्रशान्त शिखर सम्मेलनमा भाग लिँदै ह्यारिसले उत्तर कोरियाले हालैको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणको बारेमा परामर्श गर्न पाँच नेताहरूसँग भेटवार्ता गर्ने बताइएको छ । ह्वाइट हाउसका अधिकारीले उत्तरको आधिकारिक नाम, डेमोक्र्याटिक पिपुल्स रिपब्लिक अफ प्रयोग गर्दै, ह्वाइट हाउसका अधिकारीले बैंककमा एसिया–प्रशान्त शिखर सम्मेलनमा भाग लिँदै, ह्यारिसले पाँच नेताहरूलाई सम्मेलन भेटवार्ता गर्ने बताइएको छ ।

बैठकमा जापानका फुमियो किसिदा, दक्षिण कोरियाका हान डक–सू, अष्ट्रेलियाका एन्थोनी अल्बानीज, न्युजिल्यान्डका जसिन्डा आर्डर्न र क्यानडाका जस्टिन ट्रुडो सहभागी हुने जनाइएको छ ।

जापानले उक्त क्षेप्यास्त्र आफ्नो पानीमा खसेको र अमेरिकाको मुख्य भूमिमा मार हान्न सक्ने क्षमता रहेको बताएको छ । उत्तर कोरियासँगको हप्तौंको बढ्दो तनावपछि पुनः सातौं आणविक परीक्षणको तयारी गरिरहेको अमेरिकी गुप्तचरहरूले विश्वास गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved