सोमबारसम्म ट्वीटरका सबै कार्यालय बन्द, मस्कको जिद्दीका कारण कर्मचारी हैरान

नेपालभ्युज

सोमबारसम्म ट्वीटरका सबै कार्यालय बन्द, मस्कको जिद्दीका कारण कर्मचारी हैरान

न्युयोर्क। ट्विटरले आफ्ना सबै कार्यालय अस्थायी रूपमा बन्द गरेको छ । कम्पनीका कार्यालय आउँदो २१ तारिख अर्थात् ५ गतेसम्म कार्यालयहरु बन्द हुने  ट्विटरले जनाएको छ । तर ट्विटरले कार्यालय बन्द गर्नुको कारण खुलाएको छैन । एक रिपोर्ट अनुसार कार्यालय भवनहरू नोभेम्बर २१ तारिख सम्म बन्द रहनेछन् । यो कदम सम्भवतः कर्मचारीहरूको ठूलो पलायन रोक्नको लागि लिइएको हो।

ट्विटरका नयाँ मालिक एलन मस्कले कम्पनीका हरेक क्रियाकलापको बचाउ गर्न र लामो समय काम गर्नका लागि तयार रहन वा छोड्न आदेश दिएपछि ठूलो सङ्ख्यामा कर्मचारीले राजीनामा दिइरहेका बेला ट्विटरले कार्यालय बन्द गरेको हो ।

मस्कको जिद्दीका कारण सयौँ कामदार हैरान भएका छन् । यसअघि नै धेरै कर्मचारीहरूले ट्विटर कम्पनी छाडेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved