यौन दुर्व्यवारको आरोपमा टर्कीका धार्मिक नेता अदनानलाई ८ हजार ६५८ वर्षको जेल

६६ वर्षीय अदनान धार्मिक गुरु पनि हुन्। गत वर्ष पनि उनीमाथि यौन दुर्व्यवहार र नाबालिग बालिकाको शोषणको मुद्दा परेको थियो । जसका कारण अदनानलाई १ हजार ७५ वर्षको जेल सजाय सुनाइएको थियो ।

नेपालभ्युज

यौन दुर्व्यवारको आरोपमा टर्कीका धार्मिक नेता अदनानलाई ८ हजार ६५८ वर्षको जेल

टर्की। टर्कीका धार्मिक नेता अदनान ओक्तारलाई यौन दुर्व्यवहारको आरोपमा अदालतले ८ हजार ६५८ वर्षको जेल सजाय सुनाएको छ । अदनानमाथि महिलासँग अभद्र व्यवहार गरेको आरोप लागेको थियो ।

उनले महिलाहरुलाई यातना दिने, यौन दुर्व्यवहार गर्ने र तुच्छ शब्द प्रयोग गर्ने गरेको पनि अदालतले पुष्टि गरेको छ । यसअघि पनि अदालतले अदनानलाई जेल सजाय सुनाएको थियो । अदनानले एक टिभी शो होस्ट गर्छन्। त्यो शोमा धेरै युवती उपस्थित हुन्छन् । युवतीलाई उनले धेरै मेकअप गर्न र कम लुगा लगाउन भन्ने गरेको पाइएको छ।
६६ वर्षीय अदनान धार्मिक गुरु पनि हुन्। गत वर्ष पनि उनीमाथि यौन दुर्व्यवहार र नाबालिग बालिकाको शोषणको मुद्दा परेको थियो । जसका कारण अदनानलाई १ हजार ७५ वर्षको जेल सजाय सुनाइएको थियो । अदनानमाथि राजनीतिक र सैन्य जासुसीको पनि आरोप छ।

उनि धार्मिक नेता गुरु भएपनि उनको जीवनशैली फरक छ । उनले सधैं पार्टी गर्ने र विदेशबाट सेलिब्रेटीहरूलाई समेत बोलाउने गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved