युएईविरुद्धको दोस्रो एकदिवसीयमा नेपाल विजयी, सिरिज १-१ को बराबरीमा

१९२ रनको लक्ष्य नेपालले ७ विकेट गुमाउँदै १३ बल अगाडी नै पुरा गरेको थियो । तर सामान्य लक्ष्य पार गर्न पनि नेपालले संघर्ष गर्नुपरेको थियो । नेपालको जितमा आरिफ सेख अविजित ३३ रनको योगदान गरे । 

नेपालभ्युज

युएईविरुद्धको दोस्रो एकदिवसीयमा नेपाल विजयी, सिरिज १-१ को बराबरीमा

काठमाडौं। युएईविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले ३ विकेटको जित निकालेको छ। यो जितसँगै ३ खेलको सिरिज नेपालले १-१ को बराबरीमा ल्याएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार १९२ रनको लक्ष्य नेपालले ७ विकेट गुमाउँदै १३ बल अगाडी नै पुरा गरेको थियो । तर सामान्य लक्ष्य पार गर्न पनि नेपालले संघर्ष गर्नुपरेको थियो । नेपालको जितमा आरिफ सेख अविजित ३३ रनको योगदान गरे ।

ओपनर अर्जुन साउद सुरुवातमै आउट भएपछि नेपाल दबाबमा आएको थियो । ज्ञानेन्द्र मल्लवाहेक अघिल्लो क्रममा ब्याट्स्म्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । मल्लले २६ रन बनाए । मध्यक्रममा आएका कुशल भूर्तेलले ३५ रन जोडेपछि नेपालको आशा बढेको थियो ।

पछिल्लो क्रमका ब्याट्स्मयान गुल्शन झाले ३७ रन बनाउँदै नेपाललाई जिततर्फ डोर्याएका थिए । सोमपाल कामीले १६ र दीपेन्द्र सिंह ऐरीले १३ रनको योगदान गरे । यूएईका रोहन मुस्तफाले ३ र हजरत बिलालले २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा अलआउट हुँदा १९१ रन बनाएको हो। युएईका लागि मोहम्मद वसीमले ५० र अलिशान शराफुले ३५ रन बनाए। ललित राजवंशीले र सोमपाल कामीले ३–३ विकेट लिएपछि युएई सस्तैमा अलआउट भएको थियो । दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, करण केसी, गुल्सन झाले पनि १–१ विकेट लिए।

पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो। अन्तिम तथा निर्णायक खेल शुक्रबार हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved