रोशन र अमिरलाई दुबइमा स्वर्ण

नेपालभ्युज

रोशन र अमिरलाई दुबइमा स्वर्ण

काठमाडौं। नेपाली खेलाडी रोशन बलामी र अमिर रानाले सोरिन काइ कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

दुबइमा नोभेम्बर १३ देखि सुरु प्रतियोगिताको पुरुष ७५ केजीमुनि फाइनलमा रोशनले आयोजकलाई ७–० ले पराजित गरे । त्यसअघि रोशनले भारत र फिलिपिन्सका खेलाडीलाई हराएका थिए ।

पुरुष ८४ केजीमुनि फाइनलमा अमिरले आयोजकलाई नै ८–० ले पाखा लगाए । स्वर्ण भिडन्त अघि अमिरले भारतीय खेलाडीलाई पन्छाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved