नेपालमा नानो युरिया मलको बिक्री सुरु

नेपालभ्युज

नेपालमा नानो युरिया मलको बिक्री सुरु

काठमाडौं। नेपालमा नानो युरिया मलको बिक्री सुरु भएको छ । यस युरिया मललाई नेपालमा चौधरी ग्रुपअन्तर्गत रहेको सिजी एग्रोले बिक्री सुरु गरेको हो।आइतबार एक कार्यक्रमका बीच भारतका पूर्वकेन्द्रीय रेल्वेमन्त्री सुरेश प्रभु र चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले संयुक्तरुपमा नानो युरिया मल नेपालमा बिक्री वितरण शुरु भएको घोषणा गरे। इण्डियन फार्मर फर्टिलाइजर को–अपरेटिभ लिमिटेड, भारतले उत्पादन गरेको सो मललाई ‘सिजी–आइएफएफसीओ’ नाम दिइएको छ।

सो मल तरल अन्नबाली, दाल, तरकारी, चिया, उखु, फलफूल, औषधि अन्नबालीका साथै सबै प्रकारका बाली र बोटबिरुवामा छर्कन सकिने जनाइएको छ।

कार्यक्रममा चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा युरिया मलको अभावलाई परिपूर्ति गर्नका लागि नानो युरिया मल भित्र्याइएको बताए।।

नानो प्रविधिमा आधारित नानो युरिया सुक्ष्म तरल मल भएको बताइएको छ। यसले बिरुवाको वृद्धिविकासका लागि आवश्यक पर्ने पोषकतत्व नाइट्रोजन प्रदान गर्ने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved