काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल र पाकिस्तानबीचको खेलको टिकट मूल्य सार्वजनिक गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार आयोजित पत्रकार सम्मेलनमा टिकट मूल्य सार्वजनिक गरिएको हो ।
सो खेलको साधारण प्याराफिटतर्फको टिकट मूल्य ५०० रुपैयाँ तोकिएको छ । भीआईपीतर्फको टिकट भने १००० रुपैयाँ निर्धारण गरिएको छ । भीभीआईपी टिकट मुल्य भने ५ हजार रुपैयाँ रहेको छ । ८० वटा टिकटलाई भीभीआईपी श्रेणीमा राखिएको छ। सो टिकटमा नेपाल फुटबल टिमको जर्सीलगायत अन्य सर्प्राइजको पनि व्यवस्था भएको एन्फाले जनाएको छ।
साथै एन्फाले एक भाग्यशाली दर्शकलाई कतारमा हुने फिफा विश्वकपको ब्राजिल र क्यामरुनबीचको स्पर्धाको टिकट पनि प्रदान गर्नेछ। गोलापर्थाको मद्दतले विजेता छनोट गरिने एन्फाले जनाएको छ।
सोही खेलको ८० वटा टिकट भने बिक्रिको लागि राखिने एन्फाले जनाएको छ । टिकटको मूल्य ५००० ताकिएको छ । फिफा डेको अवसरमा आयोजना हुन लागेको मैत्रीपूर्ण खेल कात्तिक ३० गते हनेछ । सो खेल दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।
पाकिस्तानी फुटबल टोली आइतबार नेपाल आइपुग्ने छन् । नेपाली फुटबल टोलीलाई प्रवेश कटुवालले प्रशिक्षण दिइरहेका छन् ।
Facebook Comment
Comment