डिशहोमका एमडी सुदिप आचार्य दक्षिण एसियाका उत्कृष्ट १० बिजनेश लिडरको सूचीमा

दक्षिण एसियाको उत्कृष्ट १० मध्येका बिजनेस लिडरका रूपमा डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य सम्मानित भएका छन्।

नेपालभ्युज

डिशहोमका एमडी सुदिप आचार्य दक्षिण एसियाका उत्कृष्ट १० बिजनेश लिडरको सूचीमा

काठमाडौं। दक्षिण एसियाको उत्कृष्ट १० मध्येका बिजनेस लिडरका रूपमा डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य सम्मानित भएका छन्।

‘सिइओ इनसाइट्स एसिया’ले देशको कर्पोरेट क्षेत्रलाई भविष्यको नयाँ आयाममा लैजानसक्ने दक्षिण एसियाका उच्चस्तरका पेशा र विचारशील नेतृत्वलाई यो सम्मान दिँदै आएको छ।

नेपालको एक मात्र डीटीएच सेवा प्रदायक डिशहोमले आचार्यको नेतृत्वमा १० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

उनी अध्यक्ष रहेको डिजिटल होम इन्टरनेसनलले सेटअप बक्सका साथै डीटीएच होम अप्लायन्स पनि उत्पादन तथा बिक्री वितरण गर्न सुरु गरेको छ।

उनकै अध्यक्षतामा कामना सेवा विकास बैँकले देशभर १ सय ३१ शाखा विस्तार गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved