कालिकोट पुगेर प्रचण्ड भन्छन् : एमाले अध्यक्ष ओलीसँग मत माग्ने नैतिक आधार छैन

प्रचण्डले भने, ‘केपी ओलीले भोट एमाले वा मलाई दिउँ भन्ने आधार के छ ? उनले दुई तिहाईको सरकार ढाले । भ्रष्टाचार गरे । सिंगो कम्युनिष्ट पार्टी भंग गरे । संसद भंग गरे । अहिले जनताको अगाडी क्षमा माग्नु पर्ने थियो । तर कुनै पश्चताप छैन् ।’ 

नेपालभ्युज

कालिकोट पुगेर प्रचण्ड भन्छन् : एमाले अध्यक्ष ओलीसँग मत माग्ने नैतिक आधार छैन
फाइल तस्वीर

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मालाई जनतासँग भोट माग्ने नैतिक आधार नभएको बताएका छन् । चुनावी दौडाहाका क्रममा मंगलबार कर्णालीका विभिन्न जिल्ला पुगेका प्रचण्डले ओलीमाथि आक्रमण गरेका छन् ।

कालीकोटको रास्कोट नगरपालिका–५ स्युना बजारमा आयोजित सत्ता गठबन्धनको चुनावी सभामा प्रचण्डले भने, ‘केपी ओलीले भोट एमाले वा मलाई दिउँ भन्ने आधार के छ ? उनले दुई तिहाईको सरकार ढाले । भ्रष्टाचार गरे । सिंगो कम्युनिष्ट पार्टी भंग गरे । संसद भंग गरे । अहिले जनताको अगाडी क्षमा माग्नु पर्ने थियो । तर कुनै पश्चताप छैन् ।’

अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै प्रचण्डले त्यसकाविरुद्ध बनेको गठबन्धन पछि सम्म कायम रहने बताए । उनले भने,‘प्रतिगमनको खतरा रहेसम्म गठबन्धन जारी रहनेछ ।’ त्यसअघि जुम्लामा पुगेर पनि प्रचण्डले ओलीमाथि आक्रामक अभिव्यक्ति दिएका थिए ।

कर्णालीको विकासका लागि  गठबन्धन दलले हरसम्भव प्रयास गर्ने आश्वासन पनि प्रचण्डले दिए । उनले भने, ‘कर्णाली प्रदेश राजतन्त्रले पछि पारेका क्षेत्र पारेको हो । गठबन्धनको सरकार बन्यो भने पहिलो बजेट कर्णाली प्रदेश र त्यसमा पनि मानव सुचाङ्कमा पछाडी परेको कालीकोटलाई छुट्याइने छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved