युरोपमा तातो हावाले तीन महिनामै १५ हजार मानिसको मृत्यु

सन २०२२ मा तातो हावाका कारण युरोपमा कम्तिमा १५ हजार मानिसको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सोमबार सार्वजनिक भएको प्रतिवेदन अनुसार सबैभन्दा बढी प्रभावित देशहरूमध्ये स्पेन र जर्मनी रहेका छन् ।

नेपालभ्युज

युरोपमा तातो हावाले तीन महिनामै १५ हजार मानिसको मृत्यु

लण्डन। सन २०२२ को तीन महिनामा तातो हावाका कारण युरोपमा कम्तिमा १५ हजार मानिसको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सोमबार सार्वजनिक भएको प्रतिवेदन अनुसार सबैभन्दा बढी प्रभावित देशहरूमध्ये स्पेन र जर्मनी रहेका छन् ।

जुन महिनादेखि अगस्टको तीन महिनामा युरोपमा तातो हावा र तापक्रमले उच्च रेकर्ड तोडेको थियो । लामो खडरीले जर्मनीको मूख्य नदी नै सुकेको थियो ।

“अहिलेसम्म पेश गरिएको देशको तथ्याङ्कको आधारमा सन् २०२२ को गर्मीमा कम्तिमा १५ हजार व्यक्तिहरू गर्मीका कारण मरेका छन्,” डब्ल्यूएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लुगेले एक विज्ञप्तिमा भनेका छन।

गर्मीको ३ महिनामा स्पेनमा करिब ४ हजार , पोर्चुगलमा १ हजार भन्दा बढी, बेलायतमा ३२ सय भन्दा बढी र जर्मनीमा ४५ सय भन्दा बढीको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले उल्लेख गरेका छन ।

इजिप्टमा चलिरहेको संयुक्त राष्ट्रसंघको जलवायु शिखर सम्मेलन कोप-२७ लाई सम्बोधन गर्दै रिपोर्टले भनेको छ, “यो अनुमान बढ्ने अपेक्षा गरिएको छ किनकि धेरै देशहरूले गर्मीको कारण अत्यधिक मृत्युको रिपोर्ट गरेका छन् ।”

गएको जुन र जुलाईको बीचमा बेलायतको तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेको थियो ।  अत्यधिक तापक्रम पुरानो हृदय रोग , सास फेर्न समस्या र मधुमेहबाट पीडित व्यक्तिहरूको लागि खतरा हुन सक्छ। डब्ल्यूएचओले बढ्दो कठोर कदम नचालेमा गर्मीको लहर र अन्य चरम मौसमले आगामी दशकहरूमा थप रोग र मृत्यु निम्त्याउने बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved