घरको छतबाट खसेर २ वर्षीया बालिकाको ज्यान गयो

नेपालभ्युज

काठमाडौं । वीरगञ्जमा घरको छतबाट खसेर एक बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैया बस्ने मुकेश ठाकुरको छोरी २ वर्षीया सजना ठाकुर रहेकी छन् ।

उनी  छतको बाल्कोनीमा खेलिरहेको बेला अनियन्त्रीत भई  अचानक जमिनमा खसेर टाउकोमा चोट लागेको थियो  ।  गम्भिर घाईते उनलाई उपचारको लागी नारायणी अस्पताल वीरगञ्जमा लगिएको थियो ।

एल.एस.न्युरो अस्पताल वीरगञ्जमा उपचारको क्रममा शुक्रबार  साँझ ५ बजे सजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved