मैत्रीपूर्ण खेलका लागि काठमाडाैं आइपुग्यो भारतीय टिम

नेपालभ्युज

मैत्रीपूर्ण खेलका लागि काठमाडाैं आइपुग्यो भारतीय टिम

काठमाडौं। नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्न सोमबार भारतीय राष्ट्रिय फुटबल टिम काठमाडौं आइपुगेको छ।

आउँदो भाद्र १७ र २० गते नेपालले भारतसँग दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्न लागेको हो। पोखरामा अभ्यासरत नेपाली राष्ट्रिय टिम पनि खेलका लागि काठमाडौं आइसकेको छ।

स्टार स्ट्राइकर सुनिल क्षत्री कप्तानीमा २५ सदस्यीय भारतीय नेपाल आइपुगेका हो।

आउँदो साफ च्याम्पियनसिपको तयारीस्वरूप नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हन्। साफ च्याम्पियनसिप असोज १५ गते देखि माल्दिभ्समा शुरु हुँदै छ।

नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा भेट हुन लागेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved