उत्तर कोरियाका सयौं फाइटर विमान सीमा क्षेत्रमा उड्दै, दक्षिणले तैनाथ गर्‍यो एयरक्राफ्ट

दक्षिणको सेनाले दिएको बयानमा उत्तर कोरियाका विमान सीमाको २० किलोमिटर आसपास घुमिरहेका छन् । जवाफमा दक्षिण कोरियाले ८० वटा एयरक्राफ्ट तैनाथ गरेको छ ।

नेपालभ्युज

उत्तर कोरियाका सयौं फाइटर विमान सीमा क्षेत्रमा उड्दै, दक्षिणले तैनाथ गर्‍यो एयरक्राफ्ट

काठमाडौं । दक्षिण कोरियाले उत्तरका सयौं फाइटर विमान आकासमा देखिएको दाबी गरेको छ । कोरियाली प्रायद्विपमा तनाव चर्किरहँदा युद्धको सम्भावना बढेको संकेत देखिन थालेका छन् ।

दक्षिण कोरियाले आफ्नो सीमा क्षेत्रमा उत्तरका १८० वटा फाइटर विमान उडिरहेको दाबी गरेको हो । दक्षिण कोरियाली सेनाले प्रतिक्रियामा आफ्ना फाइटर विमान पनि तैनाथ गर्न थालेको जनाएको छ । समाचार एजेंसी रोयटर्सका अनुसार दक्षिणको सेनाले दिएको बयानमा उत्तर कोरियाका विमान सीमाको २० किलोमिटर आसपास घुमिरहेका छन् ।

जवाफमा दक्षिण कोरियाले ८० वटा एयरक्राफ्ट तैनाथ गरेको छ । दक्षिणको सेनाले करिब २४० विमानसहित अमेरिकासँग युद्ध अभ्यास गरेको समेत जनाएको छ । अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासका कारण उत्तर आक्रोशित बनेको छ । उसले दिनदिनै जस्तै क्षेप्यास्त्र प्रक्षेपण गर्ने गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved