सन्दीप लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस जारी

सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी सम्बन्धी मुद्दाको थुनछेक बहस जारी छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा अहिले सन्दीपको बयान भइरहेको छ।

नेपालभ्युज

सन्दीप लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस जारी

काठमाडौं। सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी सम्बन्धी मुद्दाको थुनछेक बहस जारी छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा अहिले सन्दीपको बयान भइरहेको छ।

हिजो सोमबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो। सोही अभियोगपत्रका सन्दीपको बयान भइरहेको हो।

बयान सकिएपछि सोही इजलासले थुनछेक आदेश गर्नेछ। साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा थुनछेक आदेश हुने छ।

सन्दीपविरुद्ध एक १७ वर्षीय युवतीले बलात्कारको आरोप लगाएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved