विश्वका २५ धनी परिवारको सूची जारी, वालमार्ट पहिलो स्थानमा, अंबानी छैठौं

वालमार्ट चलाउने वाल्टन परिवार २२४ अर्ब डलरका साथ धनीको पहिलो नम्बरमा छ । यति धेरै सम्पत्ति भए पनि यो परिवार सामान्य घरमा बस्ने गरेको छ ।  

नेपालभ्युज

विश्वका २५ धनी परिवारको सूची जारी, वालमार्ट पहिलो स्थानमा, अंबानी छैठौं

काठमाडौं । ब्लूमबर्गले विश्वका २५ जना सबैभन्दा धनी पारिवारिक घरानाको सूची जारी गरेको छ । वालमार्ट चलाउने वाल्टन परिवार २२४ अर्ब डलरका साथ धनीको पहिलो नम्बरमा छ । यति धेरै सम्पत्ति भए पनि यो परिवार सामान्य घरमा बस्ने गरेको छ ।

दोस्रो नम्बरमा अमेरिकाकै मार्स परिवार छ । यो परिवारको सम्पत्ति १६० अर्ब डलर छ । मार्स परिवार को मुख्य कारोबार मिठाइको पसल र पाल्तु जनावरको हेरचाह गर्ने कम्पनी हो । अहिले मार्स परिवारको पाँचौ पुस्ताले यो व्यवसाय गरिरहेको छ ।

तेस्रो नम्बरमा कोच औद्योगिक घराना छ । यो परिवारको कुल सम्पत्ति १२८ अर्ब डलर छ । यो घरानाको कच्चा तेल प्रशोधन गर्ने कम्पनी छ ।  सऊदी अरबको अल सऊद परिवार धनीको सूचीमा चौथो नम्बरमा छ । यसको सम्पत्ति १०५ अर्ब डलर छ ।

सऊदीका राजकुमार प्रिंस मोहम्मद बिन सलमान निजी रुपमा १०० अर्ब डलर सम्पतिका मालिक हुन् । पाँचौ नम्बरमा फ्रांसको हर्म्स परिवार छ । यो घरानाको सम्पत्ति करीब ९५ अर्ब डलर छ ।

भारतको अंबानी परिवार यो सूचीमा छैठौं स्थानमा छ । अंबानी परिवारको कुल सम्पत्ति ८५ अर्ब डलर छ । यो परिवारको थुप्रै क्षेत्रमा लगानी छ ।

कुल २५ घरानामध्ये आधा जस्तो अमेरिकी घराना छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved