काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का गर्न माग गरेको छ ।
बलात्कार आरोपी लामिछानेको नाममा रहेको कल्याणपुर–७ को जग्गा रोक्का गर्न सरकारी वकिल कार्यालयले अभियोग पत्रमार्फत माग गरेको हो ।
जबरजस्ती करणी मुद्दामा पीडितलाई क्षतिपूर्तिको व्यवस्था रहेकाले आरोपीको नाममा रहेको बैङ्क खाता र जग्गा रोक्का गर्ने चलन रहेको छ। उनको नाममा रहेको एनआईसी एसिया बैंकको खाता नम्बर ०५४५७ …. को नगद ६५ हजार २९८ रुपैयाँ पनि रोक्का राख्न सरकारी वकिलको प्रस्ताव छ ।
प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ।
उक्त उफदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय मागदाबी गरेको हो ।
Facebook Comment
Comment