प्रचण्ड भन्छन्- मेरो पनि सम्पत्ति छानबिन हुन्छ

‘हामीले सर्वोच्च पदमा बसेकाको भनेका छौँ । मेरो पनि सम्पत्ति छानबिन हुन्छ । मसहित बहुदलयता को-को सर्वाेच्च पदमा बसेका छन्, उनीहरू सबैको हुन्छ भनेका हौँ ।’

नेपालभ्युज

प्रचण्ड भन्छन्- मेरो पनि सम्पत्ति छानबिन हुन्छ
फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पनि सम्पत्ति छानबिन हुने बताएका छन् । सोमबार पार्टी मुख्यालय, पेरिसडाँडामा आसन्न निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्दै प्रचण्डले यस्तो बताएका हुन् । माओवादी केन्द्रले प्रतिबद्धता पत्रमा बहुदलपछि सर्वोच्च पदमा बसेका नेताहरूका सम्पत्ति छानबिन गर्ने सन्दर्भ समेटेको छ । यसैमाथि गरिएको प्रश्नको जवाफ दिँदै उनले भनेका छन्, ‘यो पूरै पढ्नुहोला । यसको ठूलो अर्थ छ ।’

त्यसअघि उनले भने, ‘हामीले सर्वोच्च पदमा बसेकाको भनेका छौँ । मेरो पनि सम्पत्ति छानबिन हुन्छ । मसहित बहुदलयता को-को सर्वाेच्च पदमा बसेका छन्, उनीहरू सबैको हुन्छ भनेका हौँ ।’

यसले नीतिगत भ्रष्टाचारलाई कम गर्ने विश्वास प्रचण्डको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved