सन्दीप लामिछानेविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

१२ वर्षसम्म कैद र पीडितलाई क्षतिपूर्ति माग दाबी

बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज (सोमबार) सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्दैछ।

नेपालभ्युज

सन्दीप लामिछानेविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौं। बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज (सोमबार) सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्दैछ।

काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध आज मुद्दा दर्ता गर्न लागिएको हो। प्रहरीले लामिछानेविरुद्ध होटेलका सिसिटिभी फुटेज, बयान, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ। लामिछानेले इन्कारी बयान दिँदै आएका छन्।

सन्दीप गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। प्रहरीका अनुसार, त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय माग दाबी समेत गरिएको छ।

उक्त उफदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय माग दाबी गरेको हो।

यस्तै पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै माग दाबी समेत गरिएको परिसर स्रोतले बतायो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved